
होटल प्रतिनिधि समाजले संस्था र संस्थामा आवद्ध सदस्यहरुबाट कुनै पर्यटकलाई दुःख दिने गतिविधि नगरेको बताएको छ ।
होटलका गाइडले पर्यटकलाई दुख दिने गरेको समाचार आएपछि प्रतिनिधि समाजले बुधबार विज्ञप्ती जारी गर्दै संस्था र संस्थामा आवद्ध सदस्यहरुबाट पर्यटकको झोला तान्ने, पर्यटकलाई जबर्जस्ती होटलमा लैजाने, मोलमोलाई गर्ने आक्रमण शैलीमा स्कटीङ गर्ने जस्ता गतिविधि नगरेको बताएको हो ।
‘हाम्रो संस्था र संस्थामा आवद्ध सदस्यहरुबाट समाचारमा भनेजस्तो कुनै गतिविधि नभएको र यस्ता गतिविधि हुन नदिनका लागि यस समाज निकै सचेत रहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ ।