फलेवास नगरपालिकालाई पुर्वमन्त्री लम्सालको ५२ बुदेँ सुझाव

फलेवास नगरपालिकालाई पुर्वमन्त्री लम्सालको ५२ बुदेँ सुझाव

  • Kanchan News

  • बुधबार, जेष्ठ ३१, २०८०

  • 701
    SHARES
फलेवास नगरपालिकालाई पुर्वमन्त्री लम्सालको ५२ बुदेँ सुझाव
बजेटको तयारीमा जुटेको फलेवास नगरपालिकालाई फलेवास वडा नं. ५ खानिगाउँ निवासी संविधान सभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले महत्वपूर्ण सुझाव दिएका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमा ५२ बुदेँ सुझाव दिएका हुन ।
उनले नगरपालिका लाई दिएको सुझाव यस्तो छ ।
२०८o/०८१ बजेटको शिलशिलामा पुर्व जनप्रतिनिधि तथा स्थानियवासीको नाताले फलेवास नगरपालिकाले नीति तथा कार्यक्रममा सुझाव माग्नुभएकोमा धन्यवाद । मेरो समृद्ध नगर बनाउने आफ्नै सुन्दर सपनाहरु छन् । ति योजनाहरुलाई नगरले विभिन्न संघसस्था निजी क्षेत्र र आफ्नै पहलमा पुरा गर्न सके एक सुन्दर नगर बन्न सक्छ । यसका लागि नगरकार्यपालिकामा २०८०/०८१ नीति तथा कार्यक्रममा निम्न बिषयहरु समावेश गरेर बजेट तय गर्न सक्यो भने सुन्दर नगर बन्ने नगरबासीको चाहना पुरा हुन सक्छ ।
म बनाउँछु मेरो नगरपालिका
म बनाउछु मेरो फलेवास
१. एक बर्ष भित्र दमकलको व्यवस्थापन तथा सञ्चालन गर्ने ।
२. नगरभित्रका सबै स्वास्थ्य ईकाईमा एम्बुलेन्सको व्यवस्था मिलाउने ।
३. नकुहिने फोहोर व्यवस्थापन संकलन गर्ने, साधनको व्यवस्थापन गर्ने ।
४. फोहोर भण्डार गर्ने डम्पिङ साईडको व्यवस्थापन गर्ने ।
५. नगरका १४ ओटा मा.वि. मध्ये कुनै एक विद्यालयमा सामुदायिक आवसिय विद्यालय सञ्चालन गर्ने ।
६. कृषि उपज संकलन केन्द्रको विकास गर्ने, रैथाने बाली उत्पादनमा जोड दिने ।
७. नमुना व्यवसायिक कृषि फर्म सञ्चालनमा ल्याउने ।
८. किसानहरु सँग सहकार्य गर्दै कन्ट्याक्ट फार्मिङको योजना बनाउने ।
९. एक सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा ल्याउने ।
१०. सबै वडमा सेवा दिने गरी नगर बस सञ्चालनमा ल्याउने ।
११. नगर भित्रका प्रमुख पर्यटकीय गन्तव्यको विकास गर्ने ।
१२. नगरमा एक सुविधा सम्पन्न पुस्तकालयलाई व्यवस्थित गर्ने ।
१३. प्रत्येक वडामा राम्रो दिवा सेवा केन्द्र, मनोरञ्जन पार्कको स्थापना गर्ने ।
१४. विकसित मुलुकमा जस्तै our basis मा कृषि फर्म मिलाउने ।
१५. नगरबासीलाई शुद्ध खानेपानीको व्यवस्थापन तथा प्रबन्ध गर्ने ।
१६. नगरको केन्द्रबाट साविकको गाविस र हालका वडाका केन्द्र सम्म कालोपत्रे सडकको व्यवसथा गर्ने ।
१७. कुनै एक स्थानमा नमुना शहरी विकास योजना सुभारम्भ गर्ने ।
१८. ल्याण्ड पुलिङ (जमीन चक्ला बन्दी) कार्यक्रम सञ्चालन गर्ने ।
१९. नगरको सार्वजनिक जग्गा संरक्षणका लागि कन्ट्रोल म्याप बनाएर जग्गाको रेकर्ड व्यवस्थित गर्ने ।
२०. एक हजार टनको सुविधा सम्पन्न कोल्डस्टोर निर्माण गर्ने ।
२१. बहुसिपयुक्त जनशक्ति विकास गर्न सि.टि.इ.भि.टि. सँगको सहकार्यमा भोकेस्नल टेर्निङको प्रबन्ध गर्ने ।
२२. बादर नियन्त्रणका लागि एक व्यवस्थित योजना बनाउने ।
२३. वनमा आधारित एक उद्योग सञ्चालन गर्ने र सामुदायिक वन सँगको सहकार्यमा वन व्यवस्थापन गर्ने ।
२४. प्रत्येक वडाको केन्द्रमा फ्रि वाईफाईको व्यवस्था मिलाउने ।
२५. प्रत्येक स्कुलमा अनलाईन कक्षाको व्यवस्था गर्ने, राम्रो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्कुल सँग लिङ्क गर्ने ।
२६. शिक्षाको गुणस्तर बढाउन शिक्षकको आवधिक परीक्षाको व्यवस्था गर्ने, परीक्षामा असफल हुने शिक्षकलाई गोल्डेन ह्याण्डचेक दिएर बिदा गर्ने ।
२७. नगरमा आउने लगानीकर्ता र आगन्तुक (बसाई आउने) लाई सुविधा तथा उपहारको व्यवस्था गर्ने ।
२८. नगरको भिजिट गर्नेलाई अतिथि देवो भव् र प्रत्येक वडा बाट खादा तथा स्थानीय उत्पादन एवम् सिन फ्रेम सहितको मायाको चिनो प्रदान गर्ने ।
२९. खानीको पहिचान उत्खनन् सञ्चालन गर्ने । सेलेट ढुङ्गा पाङग्राङ ढुंगाखानी दहत्तर बत्तर बाट नगरको आम्दानी वद्धि गर्ने ।
३०. छुट्टै विपद व्यवस्थापन कोष तथा उद्धार केन्द्रको स्थापना र सञ्चालन गर्ने ।
३१. वैदेशिक लगानी तथा निजी क्षेत्रको लगानी आकर्षण गर्न विभिन्न योजनाहरुको अध्ययन र डिपिआर गराउने ।
३२. नगरमा एक सुविधा सम्पन्न बहुउद्देश्य एक हजार क्षमताको सुविधा सम्पन्न सिटीहल निर्माण गर्ने ।
३३. नगरमा एक सुविधा सम्पन्न बस पार्क निर्माण गर्ने ।
३४. अल्पसंख्यक, दलित सिमानकृत र महिलाको क्षमता विकास तथा सशक्तिकरण गर्ने ।
३५. सामाजिक सुरक्षाको प्रत्याभुतिको ग्यारेण्टी गर्ने ।
३६. लैंगिक असमानतालाई हटाउनका लागि महिला मैत्री कार्यक्रम सञ्चालन गर्ने ।
३७. कोही भोको नपरोस् र कोही भोकै नमरोस् भन्नका लागि न्युनतम पोषणको व्यवस्थापन गर्ने ।
३८. शहरी स्वास्थ्य, शहरी सौन्दर्य र शहरी वातावरण अनुरुप नगरको सर्वाङगिण विकास गर्ने ।
३९. नगर भित्र सम्भावना रहेका ठाउँहरुमा योग केन्द्रको स्थापना र सञ्चालन गर्ने ।
४०.स्वस्थ जिवनका लागि हाईकिङ ट्रेलको निर्माण गर्ने ।
४१. नगरको दिर्घकालिन गुरुयोजना निर्माण गर्ने ।
४२. युवा तथा बालबालिकाहरुलाई प्रबिधिमैत्री नेतृत्व विकास र लाईफ स्टाईल चेन्ज गर्न प्रोत्साहित गर्ने ।
४३. वातावरण संरक्षण र कृषि उत्पादनमा जोड्नका लागि एक घर एक पोखरी निर्माण गर्न चाहाना राख्नेहरुका लागि दमकल वा ट्याङ्कर बाट न्यून शुल्कमा पानी उपलब्ध गराउने व्यवस्था गर्ने ।
४४. नयाँ वन ऐन अनुसार ६० प्रकारका वन्यजन्तु पालन पोषण गर्न पाउने कानुनी व्यवस्था अनुसार व्यवसायीक वन्यजन्तुपालनमा जोड दिने र पर्यटकको आकर्षण बढाउने ।
४५. होमस्टे तथा एग्रो पर्यटनमा जोड दिने र पर्यटन प्रवर्द्धन मार्फत रोजगारी सिर्जना गर्ने ।
४६. निजी तथा सार्वजनिक जग्गाहरुमा व्यवसायिक फलफुल खेतीका लागि प्रोत्साहन गर्ने ।
४७. प्रत्येक नगरबासीहरुलाई स्वास्थ्य बिमाको ग्यारेन्टी गरी नगर अस्पतालमा सेवा उपलब्ध गराउने ।
४८. बाँसमा आधारित उद्योग सञ्चालनमा ल्याउने ।
४९. लमायखोला बहुउद्देश्यीय परियोजना सञ्चालनमा ल्याएर नगर गौरबको आयोजनाको रुपमा विकास गर्ने र एक नमुना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।
५०. परम्परागत पशुपालनलाई व्यवसायिककरण गर्ने ।
५१. आधुनिक प्रविधिको प्रयोग गरी प्राराङ्गिक मलको संरक्षण गर्ने ।
५२. मकै, धान गहुँ जस्ता रैथाने बालीको उत्पादन वृद्धि गरी निकासी गर्ने ।
यी हाम्रा साझा सरोकारका बिषय हुन, यी एकै बर्षमा पुरा हुन सम्भव पनि छैन र सबैको साझा प्रयास बाट पुरा गर्न असम्भव पनि छैन् । पहिलो कुरा नगरवासीमा र नगरका जनप्रतिनिधिहरुमा काम गर्ने प्रतिबद्धता र स्रोतको खोजी गर्ने उत्सुकता हुन आवश्यक छ । निति तथा कार्यक्रम र बजेटमा प्रथामिकता तोकेर समावेश गर्नुपर्यो र अपुग दक्ष जनशक्ति र बजेटको लागि स्रोतको खोजी गर्नुपर्यो । मलाई विश्वास छ आगामी आर्थीक बर्षको नीति तथा कार्यक्रममा कार्यपालिकाले माथि उल्लेखित बिषयलाई समावेश गर्ने छ । साथै श–शसरिर उपस्थित भएर सुझाव दिने तिब्र ईच्छा चाहना हुदा हुदा हुदै पनि कार्यव्यस्तताका कारणले उपस्थित हुन सकिन यसका लागि क्षमाप्रर्थी रहदै आम नगरवासीलाई पनि यी बिषयमा जानकारी दिन सामाजिक सञ्जाल मार्फत नगरपालिकामा सुझाव पेश गर्दछु । साथै यि बाहेक थप सुझावहरु पनि अपेक्षा गर्दछु ।
विकास लम्साल
संविधान सभा सदस्य तथा
पुर्व मन्त्री गण्डकी प्रदेश


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News