नवलपुरको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस,अधिकतम तापक्रम रेकर्डमा ब्रेक

नवलपुरको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस,अधिकतम तापक्रम रेकर्डमा ब्रेक

  • Kanchan News

  • शुक्रबार, जेष्ठ २६, २०८०

  • 55
    SHARES
नवलपुरको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस,अधिकतम तापक्रम रेकर्डमा ब्रेक

नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ ।

यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । चार दिनदेखिकाे त्यो रेकर्ड तोडिएर ४४ डिग्री सेल्सियस पुगेको हो

विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च भएको बताए । यद्यपि विभागले साँझ पौने ६ बजेमात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने भएकाले त्यतिबेलासम्म थप–घट पनि हुनसक्ने बताए ।

विभागका अनुसार यस वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगाको अधिकतम तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

वरिष्ठ मौसमविद पौडेलका अनुसार पूर्व, मध्य र पश्चिमका तराई–मधेशका जिल्लाहरुमा गर्मी अत्यधिक छ । केही जिल्लामा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

यस वर्षको मनसुन भारत आइपुगेको र त्यो नेपाल आइपुग्न केही दिन लाग्ने भएकाले केही दिन गर्मीको अवस्था कायम रहने मौसमविदहरुको प्रक्षेपण छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News