गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक

गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक

  • Kanchan News

  • बुधबार, जेष्ठ २४, २०८०

  • 511
    SHARES
गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता नगरेको पाइएको छ । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेका हुन् । पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए ।

प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र चालक सुविधा दिने व्यवस्था कुनै ऐन-कानूनले गरेको छैन । तर, पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि अनधिकृत रूपमा सवारी र चालक राखेका छन् ।

पोखरेलले सवारीसाधन र चालक हालसम्म फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवासुविधा प्रदान गरिँदै आएको जनाइएको छ । प्रशासन बाट


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News