नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २३, २०८०

  • 113
    SHARES
नेप्सेमा दोहोरो अंकको वृद्धि

परिसूचक २५.६६ अंकले बढेको छ।

यस दिन नेप्से १.३५ प्रतिशतले बढेर १९२७.६५ बिन्दुमा पुगेको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ पुगेको छ।

यस दिन २६९ वटा धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३०१ रुपैयाँ पुगेको छ।

यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको इकाइ मूल्य ९.२४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६३ पैसा पुगेको छ।

यसैगरी, सेन्चुरी डिवेञ्चर २०८८ को मूल्य सर्वाधिक ३.०४ प्रतिशतले घटेर प्रति  डिवेञ्चर मूल्य ९०० रुपैयाँमा झरेको छ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य २.६७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६८५ रुपैयाँमा सीमित भएको छ।

मंगलबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३४८ रुपैयाँमा ९ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४७१ रुपैयाँमा ९ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

मंगलबार होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उक्त समूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ।

यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ४.६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक ३.१५ प्रतिशतले बढेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News