हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेनन्: ओली

हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेनन्: ओली

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 86
    SHARES
हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेनन्: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन्।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकिर गरेका हुन्।

पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे।

ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाई थियो।

उनले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन। ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन। भन्न सक्दैन। समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरवपति र अर्को चाहिँ मजदुर उनीहरु दुई वटाको सम्पत्ति मिलाउँदा खेरी एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०/२० अर्ब कमाएको देखियो नित । कमाएको एक जनाले मात्रै हो। एभरेजमा त्यस्तो देखिए पनि बढी त गरिब छ नि। त्यस कारण त्यो रियल डेटा होइन। हामीले गर्न खोजेको मानव विकास हो। समाजको विकास हो। र, सिंगै समाजलाई माथि उठाउने हो। र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास। ढिलो होइन, छिटो विकास।’

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए। विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News