
पोखरा ,जेठ १३
पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण क्षेत्र एकाइको रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ। सनिवार पोखरा महानगर पालिका वडा न १७ मा आयोजित रक्तदान कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा पोखरा महानगर वडा न १७ का वडा अध्यक्ष राधिका शाही योगि ,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल ,चेम्बर कास्कीका सल्लाहकार योगेन्द्र के सि.चेम्बर दक्षिण एकाइका निबर्तमान अध्यक्ष नगेन्द्र शर्मा भण्डारी महिला चेम्बरका अध्यक्ष सिमा कोइराला लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।