प्रतिनिधिसभा बैठकबारे प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता सुरु

प्रतिनिधिसभा बैठकबारे प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता सुरु

  • Kanchan News

  • शनिबार, जेष्ठ १३, २०८०

  • 62
    SHARES
प्रतिनिधिसभा बैठकबारे प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता सुरु

प्रतिनिधिसभा बैठक सञ्चालनबारे प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार बिहान कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताबीच छलफल सुरु भएको हो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता रहेका छन् ।

बैठकमा गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी छन् । त्यस्तै कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी र हितराज पाण्डे पनि बैठकमा सहभागी छन् ।

शुक्रबार पशुपतिको जलहरीमा अनियमितता भएको प्रश्न उठेपछि एमालेले संसद् अवरुद्ध गरेको थियो। सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको हो ।

शनिबार बेलुका ४ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि दलहरूबीच सहमति जुटाउनका लागि शीर्ष नेताहरू छलफलमा लागेका हुन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News