अनलाइनबाट यौन शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेल पक्राउ

अनलाइनबाट यौन शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेल पक्राउ

  • Kanchan News

  • बिहिबार, जेष्ठ ११, २०८०

  • 108
    SHARES
अनलाइनबाट यौन शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेल पक्राउ

अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता एवम् उप–निर्देशक पशुपतिकुमार रायले जानकारी दिए । उनलाई सोमबार नै काठमाडौं पु¥याइ मंगलबार काठमाडौं जिल्ला अदालतमा लगेका थिए ।

अभियुक्तले स्न्याप च्यााटमार्फत् अश्लील कुराकानी तथा भिडियो च्याट गर्दै नाबालिगलाई  समेत त्यसो गर्न आग्रह गर्दा नमानेपछि धम्कि दिँदै चरित्रहत्या गर्ने काम गरेको बताए । ‘दुई वर्षअघि सो युवकको एक अन्जानसँग स्न्याप च्याटमा चिनजान भएको देखियो । बिस्तारै कुराकानी बढ्दै जाँदा नजिकिन थालेको भेटियो,’ रायले भने,‘पछि भिडियो कल समेत हुने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’

पीडितका बुबाले जाहेरी दिँदा सो कुरा खुलाएको उनले बताए । उनीहरु स्न्यापच्याटमा मात्रै नभइ अन्य सामाजिक संजालमा समेत जोडिएको राय बताउँछन् । अनलाइनमा कुराकानी हुँदै जाँदा मनिषले बालिगलाई फकाई–फुल्याई विभिन्न प्रलोभनमा पारी अश्लील कुराकानी गर्दै आइरहेको प्रवक्ता रायले जानकारी दिए ।

पीडित बालिकाका बुबाले काठमाडौंमा रहेको साइबर ब्युरोमा निवेदन दिएका थिए । जाहेरीमा भनिएको छ,‘नाबालिगसँग अश्लील कुराकानी तथा भिडियो च्याट गरेको स्क्रिन रेकर्ड समेत गरेको भेटियो । नाबालिगले अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै छोरीकोबारेमा मलाईसमेत विभिन्न अनर्गल कुराकानीहरु गरी म्यासेज पठाउने गरेको हुँदा मेरी नाबालिक छोरीलाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरी नाबलिगको बाल मनोविज्ञानमा समेत प्रतिकुल असर पारिरहेको छ ।’ सोही निवेदनको आधारमा साइबर ब्यूरोले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको हो । मनिषविरुद्धमा विद्युतीय कारोबार ऐन २०६३ कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइराखेको प्रवक्ता रायले जानकारी दिए । अदालतबाट पाँच दिनको म्याद थप गरिी थप अनुसन्धान गरिराखेको उनले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News