
आज नेपाली बजारमा सुनको मुल्य घटेको छ। बुधबारको तुलनामा आज प्रति तोला १ हजार रुपैयाँले सुनको मुल्य घटेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।