बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली एमालेबाट निलम्बन

बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली एमालेबाट निलम्बन

  • Kanchan News

  • बिहिबार, जेष्ठ ११, २०८०

  • 48
    SHARES
बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली एमालेबाट निलम्बन

नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए ।

घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

बचतकर्ताले प्रशासनमा उजुरी दिएको, अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको र छानबिन अगाडि बढाएकाले छानबिन गर्न निलम्बन गरिएको दवाडीको भनाइ छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली उपमेयर धनबहादुर कायतलाई कार्यबाहकको पत्र थमाएर सम्पर्कविहीन भएका थिए । उनलाई अध्यागमन विभागले समेत विदेश यात्रामा रोक लगाइसकेको छ । गत निर्वाचनमा नेपाली नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News