राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवको भनाई

राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवको भनाई

  • Kanchan News

  • बुधबार, जेष्ठ १०, २०८०

  • 53
    SHARES
राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवको भनाई

जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज सुझाएका हुन्।‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News