सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदै

सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदै

  • Kanchan News

  • बुधबार, जेष्ठ १०, २०८०

  • 34
    SHARES
सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदै

सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले ११ औं पटक विस्तार गरी मन्त्रिपरिषद् पूर्ण बनाएका हुन्।

राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ। प्रधानमन्त्रीको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News