पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ९, २०८०

  • 67
    SHARES
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरामा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति करिब सवा एक बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोकस्थित बिजुलीको पोलमा ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइलको पछाडि सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको र घाँटीमा चोट छ ।

मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरेर घाइतेलाई अस्पताल पठाएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News