पोखराका ८० प्रतिशत गाडी कारबाहीमा पर्छन्’ ‘प्रदूषण परीक्षण अनिवार्य

पोखराका ८० प्रतिशत गाडी कारबाहीमा पर्छन्’ ‘प्रदूषण परीक्षण अनिवार्य

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २, २०८०

  • 81
    SHARES
पोखराका ८० प्रतिशत गाडी कारबाहीमा पर्छन्’ ‘प्रदूषण परीक्षण अनिवार्य

ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शनिबार नमुनाका रुपमा २५ वटा गाडीको प्रदूषण परीक्षण ग¥यो । जसमा जम्मा ३ वटा गाडीले मात्रै परीक्षण पास गरे, बाँकी २३ वटा फेल ।

प्रदूषण परीक्षण फेल भएका गाडी निषेध भनिएको पोखरामा नमुनाका लागि जाँच गरिएकामध्ये ८० प्रतिशत गाडीले नै मापदण्ड पूरा नगरेपछि वातावरणीयसँगै जनस्वास्थ्यमा पारिरहेको असरमाथि गम्भीर प्रश्न उठेको छ ।

प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने सवारी साधनले ६५ स्मोक डेनसिटीभन्दा तलको अंकलाई पास मानिन्छ । पेट्रोलबाट चल्ने सवारीका लागि कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमसम्म मापदण्ड तोकिएको छ ।

०७६ भदौदेखि पहिलो पटक कास्कीमा गाडीको प्रदूषण परीक्षण थालिएको थियो । परीक्षण पास भइसकेपछि कालो नम्बर प्लेटका गाडीलाई ६ महिनाका लागि र रातो नम्बर प्लेटका लागि एक वर्षको म्यादसहितको हरियो स्टिकर दिइन्छ ।

गाडीको प्रदूषण परीक्षण गर्न ४ वर्ष भइसक्दा पनि हालसम्म पूर्ण रुपमा सबै गाडीको परीक्षण नगरिएको पाइएको छ । ट्याक्सी तथा काठमाडौं उपत्यका आउजाउ गर्ने गाडीले मात्रै आफूखुसी परीक्षण गर्ने त्यसबाहेक अन्य गाडीको प्रदूषण जाँच अनिवार्य नभएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

‘अहिले ट्याक्सी, साना गाडी र काठमाडौं जानुपर्ने गाडीले उनीहरुले आफैं भनेपछि मात्रै प्रदूषण जाँच हुन्छन् । बाँकी गाडीलाई अहिलेसम्म अनिवार्य गरिएको छैन,’ मन्त्रालयका सूचना अधिकारी टीकाराम पौडेलले भने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News