नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी (राप्रपा) हुने दाबी

नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी (राप्रपा) हुने दाबी

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २, २०८०

  • 74
    SHARES
नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी (राप्रपा) हुने दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी हुने दाबी गरेको छ। सोमबारदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले कांग्रेस र कम्युनिस्टले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प खोजिरहेको दाबी गरेका हुन्। त्यस्तो शक्ति राप्रपा हुने जनाउँदै उनले प्रतिवेदनमा लेखेका छन्, ‘कम्युनिस्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्र गर्न सक्छ, यो वास्तविकता हो, धरातलीय यथार्थ हो।’

नेपाली जनताको विवेक र बाहुबलप्रति अटुट भरोसा राख्दै राष्ट्रियता, प्रजातन्त्र र उदारवादका आधारस्तम्भमा अत्यन्त प्रतिकूल परिस्थितिमा राप्रपा संगठित भएको उनले दाबी गरेका छन्। ‘नेपाललाई सवल राष्ट्रकोरूपमा स्थापित गर्ने अठोटका साथ राप्रपाको उदय भएको विदितै छ,’ प्रतिवेदनमा लेखिएको छ,‘राप्रपा, नेपालको पवित्र भूमीमा, नेपालीकै विशुद्ध पहलमा जन्मेको राजनीतिक दल हो।’

देश र राजनीति दुई कित्तामा बाँडिएको दाबी गर्दै ठूला दल बेथितिको निरन्तरतामा रमाइरहेको आरोप लगाउँदै भनेका छन्, ‘देशको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छा दल एकै कित्तामा उभिएका छन्, यथास्थितिको निरन्तरताका पक्षधर बनेका छन्।’ विगतमा निर्वाचन आयोगबाट पटकपटक राप्रपाको विधानमा रहेको राजसंस्था, हिन्दुराष्ट्र र संघीयतासम्बन्धी अवधारणालाई संविधानविपरीत भन्दै प्रश्न उठ्दै आएको जनाउँदै प्रतिवेदनमा भनिएको छ, ‘यसपटकबाट राप्रपाको विधानमा राजसंस्था र हिन्दुराष्ट्र उल्लेख हुनु संविधान विपरीत होइन भन्ने टुंगो लागेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News