लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले पाए अर्थमन्त्रीको जिम्मेवारी

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले पाए अर्थमन्त्रीको जिम्मेवारी

  • Kanchan News

  • सोमवार, जेष्ठ १, २०८०

  • 103
    SHARES
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले पाए अर्थमन्त्रीको जिम्मेवारी

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन ।

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

सम्भवत: भोलि नै दुई जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।

श्रोतका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री डिल्ली चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News