‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ?’ उनले भने । सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरेका छन ।
भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन ।