वीर अस्पतालमा कार्यरत स्टाफ नर्स चिकित्सकको कोठामा मृत फेला

वीर अस्पतालमा कार्यरत स्टाफ नर्स चिकित्सकको कोठामा मृत फेला

  • Kanchan News

  • आइतवार, बैशाख १७, २०८०

  • 174
    SHARES
वीर अस्पतालमा कार्यरत स्टाफ नर्स चिकित्सकको कोठामा मृत फेला

काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो। घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।

उनले कोसी अस्पतालमा कार्यरत डा.सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए। घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्:

वीर अस्पताल भत्किँदा चार जना घाइते


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News