लामिछाने र दाहाल बीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा द्विपक्षीय भेटवार्ता भएको बताइएको छ।
उनीहरु दुईबीचको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ।नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद गुमाएका रवि उपनिर्वाचन चितवन २ बाट पुन निर्वाचित भएपछि प्रधानमन्त्री दाहालसंगको भेटवार्तालाई अर्थपूर्ण लिइएको छ।
यसैबीच रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस अघि सभापति लामिछानेले यथास्थितिमा सरकारलाई दिएको समर्थन कायम राख्ने अवस्था नरहेको बताएका थिए।
यो पनि पढ्नुहोस …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed