नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धनमा गुरुङहरुको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति भण्डारी

नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धनमा गुरुङहरुको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति भण्डारी

  • Kanchan News

  • मङ्लबार, साउन ३१, २०७९

  • 72
    SHARES
नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धनमा गुरुङहरुको महत्त्वपूर्ण योगदान छः राष्ट्रपति भण्डारी

पोखरा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धनमा गुरुङसमुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित तमुहरुको ट्होटें पर्व लाई सम्बोधन गर्दै उहाँले नेपाली संस्कृतिको संरक्षण गर्न गुरुङहरुले खेलेको भुमीकाको प्रशंसा गर्नुभयो । तमुहरुको चाडपर्वमध्ये ट्होटें पनि एउटा मौलिक पर्व भएको बताउदै यो संस्कृतिक जर्गेना गनुपर्नेमा जोडदिनभयो । राष्ट्रपति भण्डारीले गुरुङ जातिको मौलिक भाषा, संस्कृति, रीतिरिवाज, चाडवर्प, भेषभूषाले नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउनमा ठूलो योगदान पु¥याएको चर्चा गर्नुभयो । ट्होटें पर्व राम्रो पर्व भएको चर्चा गर्दै उहाँले अब यो पर्वलाई भूत, रोगव्याधी र दुःख मात्रै फाल्ने नभई समाजबाट सबै प्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन अन्त्य गर्नका लागि यो पर्वले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ट्होटें पर्व गुरुङ समुदायले हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार बर्षमा २ पटक मनाउने गर्दछन् । आफ्नो गाउँठाउँ, बस्तीमा भूतप्रेत, रोगव्याधी र अनिकाल हटाउन यो पर्व मनाउने गरिन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News