सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला होः राष्ट्रपति भण्डारी

सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला होः राष्ट्रपति भण्डारी

  • Kanchan News

  • मङ्लबार, साउन ३१, २०७९

  • 47
    SHARES
सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला होः राष्ट्रपति भण्डारी

पोखरा
राष्ट्रपति विद्यादेवी भण्डारीले सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला भएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोह लाई मंगलबार सम्बोधन गर्दै उहाँले मुलुकको सर्वाङ्गिण विकास गर्ने आधार शिक्षा नै भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदाहरुमा आधारित उद्यमशिलता प्रवद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक गतिविधिहरु उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

गुणस्तरिय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित स्थापित गर्नु आजको आवश्यक्ता भएको भन्दै राष्ट्रपति भण्डारीले एक्काईसौं शताव्दीको आवश्यक्ता अनुरुप विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्वलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य रहेको पनि धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रमा सरकारले गरेको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा जति लगानी गरेको छ त्यहीँ अनुसार प्रतिफल प्राप्त गर्न नसकेको वर्तमान अवस्थामा विन्ध्यबासिनी माविलगायतका केहि विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गुणस्तरियता कायम गर्न जति लगानी गरेको छ लगनाी अनुसारको प्रतिफल प्राप्त गर्न अभिभावक, स्थानिय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News