भोलि एकै दिन जनै पूर्णिमा र गाईजात्रा

भोलि एकै दिन जनै पूर्णिमा र गाईजात्रा

  • Kanchan News

  • बिहिबार, साउन २६, २०७९

  • 64
    SHARES
भोलि एकै दिन जनै पूर्णिमा र गाईजात्रा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ ।

समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ ।

शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ ।

शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News