पोखरा
नेकपा एमालेले वर्तमान पाँचदलिय गठबन्धनको सरकार देश र जनताको लागि अभिसाप बनेर देखा परेको बताएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटिले सत्ता गठबन्धनका प्रदेश र संघीय सरकारले अनेक बाहनामा लुट मच्चाईरहेको र जनतालाई दुःख दिने मात्र काम गरेको बताएको हो । गठबन्धनको सरकारले देशको अवस्था दिन प्रतिदिन धरायासी बनाउदै लगेको एमालेको आरोप छ । सरकारले राष्ट्रिय अर्थतन्त्र चौपट पारी, मंहगी, भ्रष्टचार र वेथितिलाई बढवा दिने मात्र काम गरेको एमालेको आरोप छ । गठबन्धनको सरकारले पूँजीगत बजेटको खर्चको अवस्था ज्यादा दयनिय बनाएको, पञ्चशिलमा आधारित असंलग्न विदेश नीतिको आधारशिला भत्काएर देशलाई बर्बादीको दिशा तर्फ धकेल्ने काम मात्र गरेको एमालेले बताएको छ ।
प्रदेश सरकारका मन्त्रालय फुटाएर भागबण्डा लगाएर बाडीचुडीँ खाएको गठबन्धनको सरकारले बदमासी काम गरेर संघीयता प्रति नै वितृष्णा फैलाउने काम मात्र गरेको एमालेको भनाई छ । गठबन्धानले चलाएको प्रदेश मध्ये गण्डकी प्रदेश सरकारले सबैलाई उछिन्ने गरि जनविरोधी हर्कतहरु गरेको छ एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा ले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, सरकारका यस्ता जनघाती कदमहरु प्रति एमालेले खेद प्रकट गर्दछ । गण्डकी प्रदेश सरकारले बहुबर्षिय योजनाहरुमा राजतिनिक पूर्वाग्रह साधँेर बजेट विनियोजन गरेको, एक निर्वाचन क्षेत्र एक सडकको दीर्घकालिन नीतिलाई निस्तेज पारेको, सत्ता पक्ष सांसदहरुलाई प्रति सांसद ५ करोड वितरण गरेको, मुख्यमन्त्री र मन्त्री परिषदका सदस्यका मृतक आफन्तको नाममा ट्रष्टको आवरणमा बजेट विनियोजन गरेको, जनतालाई दुःख दिने नियतमा सवारी कर र जरिवाना अचाक्ली वृद्धि गरेको, सरकारले करको दर मनपरि तवरले हेरफेर गरेको र करको दर ४२८ प्रतिशत सम्म वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको एमाले गण्डकी प्रदेशले जनाएको छ । गण्डकी प्रदेश सरकारले अंशबण्डामा लाग्ने राजश्व र घरजग्गाको नामसारी गर्दा लाग्ने कर समेत जनताको ढाँड सेक्ने गरि बढाएको बताएको छ ।
एमाले गण्डकी प्रदेशले कुनै व्यक्तिलाई खुसी पार्न संसदका सचिवको कार्यकाल लम्ब्याउन अस्वभाविक तवरले उमेर संसोधनको प्रस्ताव ल्याएर संसदको मर्यादा विपरित काम गरेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सचिव एवम् गण्डकी प्रदेश ईञ्चार्ज पदमा कुमारी अर्यालले पाँच दलिय गठबन्धको सरकार ईतिहासमा नालायक सरकार बनेको बताउनुभयो । उहाँले सरकारले राष्ट्रिघाती र जनविरोधी काम गरेर देशलाई बर्बादीको अवस्थामा पु¥याएको बताउनुभयो । सचिव अर्यालले सरकारले एम.सि.सि., एस.पि.पि. र नागरिकता बिद्येयक जस्ता राष्ट्रघाती विद्येक पास गरेर देशलाई बर्बादीको अवस्थामा पु¥याएको बताउनुभयो । करको दायरा हेरफेर गर्न बिचौलिया र माफिया सँग साठगाँठ गरेका आर्थमन्त्रीलाई सरकारले चोख्याएको बताउनुभयो । गठबन्धनको सरकारले राज्यका हरेक संयन्त्र प्रयोग गरेर सिसिटिभि फुटेज नष्ट गर्ने र अन्य प्रमाण जुटाउन नदिने तथा सम्बन्धित व्यक्ति सँग सोधपुछ गर्न लाग्दा आवश्यक नभएको भन्ने जस्ता हर्कत देखाएर अर्थमन्त्रीलाई निर्दोष सावित गरि उन्मुक्ति दिएको उहाँले बताउनुभयो । अर्थमन्त्रीले बिचौलिया र माफिया सँग साठगाँठ गरेर करको दर हेरफेर गरेको तथ्य पुष्टी भएको दाबी गर्दै उहाँले दोषी अर्थमन्त्रीलाई विभिन्न बाहनामा निर्दोष सावित गर्ने काम गरेको प्रति आपत्ति जनाउनुभयो ।