संघिय र प्रदेश निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदल गठन

संघिय र प्रदेश निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदल गठन

  • Kanchan News

  • शुक्रबार, साउन २०, २०७९

  • 55
    SHARES
संघिय र प्रदेश निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदल गठन

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको छ।

 

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँट  गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।।

कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन्।

जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ  र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

कार्यदलले दिने सुझावका आधारमा शीर्ष नेताहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन्।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News