नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा: स्विमिङ, सुटिङ र हक्की खेलका लागि पूर्वाधार अभाव

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा: स्विमिङ, सुटिङ र हक्की खेलका लागि पूर्वाधार अभाव

  • Kanchan News

  • शुक्रबार, साउन २०, २०७९

  • 137
    SHARES
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा: स्विमिङ, सुटिङ र हक्की खेलका लागि पूर्वाधार अभाव

करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै छ ।

विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको हो ।

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

कोरोना महामारी र पछिल्लो पटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश ११ जिल्लामा प्रतियोगिता सञ्चालन हुने छन् ।

मुख्य गरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका लागि विभिन्न सङ्घ सस्थाहरुले काम अघि बढाइएका छन् ।

पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानी स्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षण लगायतका काम अघि बढेको राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेशकुमार गुरुङले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ ।

सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा कास्कीका विभिन्न खेल मेदानहरुको अवलोकन गरेको छ । समितिले प्रदेशका ११ जिल्लाका खेल मैदानहरू छनोट गरेको गुरुङले बताउनुभयो ।

संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताउनुभयो ।

खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदान अभ्यास खेल खेल्ने मैदानको व्यवस्था गरिने गुरुङले बताउनुभयो ।

राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब सात करोड खर्च लाग्ने अनुमान गरेर सिफारिस गरिएको खेलस्थल व्यवस्थापन सचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो ।

तिमिल्सिनाले राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको र पालिका जिल्ला हुँदै खेलाडी छनोट समेत भइरहेको बताउनुभयो ।

१३ औँ दक्षिण एसियाली खेल (साग) प्रतियोगिता पोखरामा सञ्चालन हुँदा धेरै संरचना निमार्ण भएको हुँदा अब एक महिना अन्य आवश्यक भौतिक संरचना निमार्ण सम्पन्न हुने तिमिल्सिनाले बताउनुभयो ।

अधिकांश खेल पोखरामा नै सञ्चालन हुने छन् ।  केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन । स्विमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ ।

प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य–मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

पोखरका पुराना वक्सर खेलाडी चित्रबहादुर गुरुङले पोखरामा हुने प्रतियोगितामाले अझ धेरै खेलाडीहरूमा हौसला आउने र अनुशासनमा वृद्धि हुने अपेक्षा गर्नुभएको छ ।

प्रतियोगितामा कुन तरीकाले सहयोग गर्न सकिन्छ भनेर उहाँले समितिलाई आग्रह समेत गर्नुभएको छ ।

पोखरामा खेलकुद प्रतियोगिताको उत्सव हुन लागेको थाहा पाउँदा पूर्व खेलाडीहरू पनि उत्साहित देखिएका छन् ।

उनीहरूले आफूले प्रयोग गर्दै आएको खेल मैदानदेखि आवश्यक जन शक्ति दिने वचनबद्धता जनाएको गण्डकी बोडिङ स्कुलका मोहन गुरुङ बताउनुहुन्छ ।

४० दशकपछि यो प्रतियोगिता पोखरामा सञ्चालन हुदैछ । तर आवश्यक भौतिक पूर्वाधार अझै अन्योलमै छन्


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News