एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग

  • Kanchan News

  • बिहिबार, साउन १९, २०७९

  • 59
    SHARES
एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग

सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज संसद् सचिवालयमा बसेको बैठकमा परराष्ट्र र रक्षा मन्त्रालयका प्रतिनिधि उपस्थित नभएकोमा नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई नेपाल एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको  पत्र सार्वजनिक गर्न ढिलाइ गरेर पन्छन खोजेको आरोप लगाउनुभयो ।

त्यस्तै गरी सांसदहरु खेम लोहनी, लक्ष्मी परियार, अनिलकुमार झा, दुर्गा पौडेलले समितिले मागेको कागजपत्र सम्बन्धित मन्त्रालयले समितिलाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

समितिका सभापति निरुदेवी जैरुले एसपीपीबारे सरकारले अमेरिकी सरकारलाई पठाएको पत्र पुनः समितिमा माग गर्दै पत्राचार गरिने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News