मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सरकारको घोषणा

मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सरकारको घोषणा

  • Kanchan News

  • बिहिबार, साउन १९, २०७९

  • 127
    SHARES
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सरकारको घोषणा

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै बैठकमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोबाट प्रभावितको उद्धार, राहत र पुन स्थापनाका सम्बन्धमा समेत छलफल भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि हालको मौजुदा संसद्को कार्यकाल के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले नयाँ सदस्यका लागि मनोनयन दर्ता भएको दिन हालको संसद्को कार्यकाल स्वतः समाप्त हुने सरकारको बुझाई रहेको बताउनुभयो ।

निर्वाचन आयोगले यस अघि नै मंसिर २ गते शुक्रवारका लागि एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

शुक्रबार मुस्लिम समुदायको नवाज पर्ने भएकाले शुक्रवारको दिन निर्वाचनको मिति नतोक्न सो समुदायले सरकारलाई आग्रह गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News