आहा रारा गोल्डकपको २०औं संस्करण घाटामा

आहा रारा गोल्डकपको २०औं संस्करण घाटामा

  • Kanchan News

  • आइतवार, साउन १५, २०७९

  • 97
    SHARES
आहा रारा गोल्डकपको २०औं संस्करण घाटामा

२० वर्षदेखि निरन्तर आयोजना हुँदै फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औं संस्करण घाटामा गएको छ। कोभिड १९ को महामारीका बिच दर्शकबिनै खेल सञ्चालन गर्नुपर्दा आयोजक सहारा क्लबलाई १२ लाख ६२ हजार रुपैयाँ घाटा लागेको हो।   क्लबले प्रतियोगिताको बचतबाट सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ। एकेडेमीमा बालकहरुलाई पढाइ लेखाइसहित फुटबल प्रशिक्षणको प्रबन्ध क्लबले मिलाएको छ। प्रतियोगितामा घाटा लागेपछि क्लबले सहारा युके र सहारा हङकङबाट केही रकम पछि जुटाएको जानकारी अध्यक्ष सुरज गुरुङले दिए।   अध्यक्ष गुरुङका अनुसार यसअघिका प्रतियोगितामा टिकट बिक्रीबाटमात्रै २५ लाखसम्म रुपैयाँसम्म आम्दानी हुने गरेको थियो। तर २० औं संस्करणको सेमिफाइनल र फाइनलमा मात्रै आयोजकले पोखरा रंगशालामा दर्शक राखेको थियो। त्यसो गर्दा यसपालि टिकटबाबट ७ लाख ८४ हजार आम्दानी भएको जानकारी अर्थ संकलन उपसमिति संयोजक सुनील गुरुङले जानकारी दिए।   रंगशालामा ब्यानर विज्ञापनहरुबाट यसपालि १३ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ। प्रतियोगितामा ६९ लाख ८९ हजार खर्च भएको छ। प्रतियोगितामा १० टिम सहभागी थिए। गत वर्ष माघ ६ बाट १५ गतेसम्म भएको २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपिएफले जितेको थियो। मनाङ मस्र्याङ्दी क्लब उपविजेता भएको थियो।

प्रतियोगिताको मुख्य प्रयोजक गरेको हिमश्री फुड्ससँगको १० वर्षे सम्झौता पनि यसपालिबाट सकिएको छ। उसले पहिलो संस्करणबाट २० औंसम्म प्रायोजन गरेको हो। फुड्सका सञ्चालक प्रकाश केसीले प्रतियोगितासँग फेरि सहकार्य गर्न आफूहरु इच्छुक रहेको जानकारी दिएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News