सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुनु जरुरी – समन्वय प्रमुख पौडेल

सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुनु जरुरी – समन्वय प्रमुख पौडेल

  • Kanchan News

  • सोमवार, साउन ९, २०७९

  • 73
    SHARES
सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुनु जरुरी – समन्वय प्रमुख पौडेल

पोखरा ,साउन ९
जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले सबैको ध्यान मुलुक बनाउने तर्फ कन्द्रीत हुनु जरुरी भएको बताएका छन । उनले राज्यका कतिपय निकायले अति उत्कृष्ट काम गरे पनि कतिपय निकाय कागजमा काम देखाउन मात्रै लाग्ने गरेको आरोप लगाए ।
पौडेलले सो कुरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,
परियोजना कार्यान्वयन इकाई ,कास्कोको आयोजनामा आर्थिक बर्ष २०७८/०७९को प्रदेशस्तरीय चौथो त्रैमासिक तथा बार्षिक अबधिको प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै बताएका हुन ।
अहिलेका जन प्रतिनिधि कुनै लोभ लालचमा नफसी काम गर्नु पर्ने भन्दै सबैलाइ कुरा कम काम बढी गर्ने गरी कार्यक्षेत्रमा खरो उत्रन आग्रह गरे।
कृषकको उचित सम्मान सहित सहि मुल्य प्रदान गर्ने नीति निर्माण गर्न आग्रह गरे।
कर्तब्य र दायित्व सबैले पूरा गरे मात्रै राष्ट्रको उत्थान सम्भब भएको भन्दै पौडेलले कृषकको हर समस्या समाधान गर्ने गरि तयारी गर्न सरोकारवाला कार्यालयलाई आग्रह गरे।
कृषिमा बुचौलिया प्रथा अन्त्य नभए सम्म वास्तविक किसानको हित सम्भब नहुने उनको भनाइ थियो ।
गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिब हरि बहादुर के सि ले जिम्मेवारीपूर्बक काम गर्न आग्रह गर्दै अगाडि बढ्न आग्रह गरे।
कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका इकाइ प्रमुख हरुले आफ्नो प्रतिबेदन र समीक्षा प्रस्तुत गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News