नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत

  • Kanchan News

  • सोमवार, साउन ९, २०७९

  • 104
    SHARES
नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय सभाको सोमबार बसेको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सांसदहरुले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन् । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News