अन्नपूर्ण केबलकारको अफर: २० प्रतिशत छुट

अन्नपूर्ण केबलकारको अफर: २० प्रतिशत छुट

  • Kanchan News

  • बिहिबार, साउन ५, २०७९

  • 41
    SHARES
अन्नपूर्ण केबलकारको अफर: २० प्रतिशत छुट

पोखरास्थित अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगाडि साउन ६ देखि सञ्चालनमा आउने भएको छ।

केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरूको लागि साउन ६ गतेदेखि भाद्र ३१ गतेसम्म २० प्रतिशत छुट दिने भएको छ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढेर सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरवारसम्मको पैदल यात्रा गर्न सकिनेछ।

साथै अन्नपूर्ण हिमाल,  माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारै तर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव  लिन सकिनेछ।

साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ। पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ।

यात्रुहरुको सुविधाको लागि लेकसाइडदेखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ। केवलकार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News