कोरोनाका कारण रोकिएको हट एयर बलुन सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने

कोरोनाका कारण रोकिएको हट एयर बलुन सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने

  • Kanchan News

  • बिहिबार, असार ३०, २०७९

  • 64
    SHARES
कोरोनाका कारण रोकिएको हट एयर बलुन सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने

कोरोना भाईरसका कारण रोकिएको हट एयर बलुन पोखरामा सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने भएको छ । लामो समय रोकिएको एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि.’ले पुनः सञ्चालनमा ल्याउन लागेको हो । हट एयर बलुन पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु भएको थियो । फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु हुने हट एयर बेलुन फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । पर्यटकहरु यसैमा रमाउथे ।
बलुनले उचाई लिदै सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ । हट एयर बेलुन बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक सबै महिना सञ्चालन हुने गर्दछ । यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News