बाहिर निष्ठाका कुरा गर्ने पार्टी हो राष्ट्रिय जनमोर्चा । यसका अध्यक्ष चित्र बहादुर केसी पनि निष्ठाको गुनगान गाएर कहिल्यौँ थाक्दैनन् । उनले आफ्नो पार्टी र आफुले स्वार्थ नहेर्ने र सधैँ सत्यको पक्षमा वकालत गर्ने गर्दछ भन्दै बाहिर भन्ने गर्दछन् । तर तिनकै पार्टीका सांसद गण्डकी प्रदेशसभा सांसद तथा राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेतृ पियारी थापाको विवाहमा १० हजारबाट सुरु गरिएको अक्षय कोषलाई प्रदेश सरकारलाई बजेट बिनियोजन गर्न दबाब दिएर गण्डकी सरकारले एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
२०६६ सालमा उनले जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज आश्रमसँग विवाह गरेकी थिइन् । रक्तिमकै माध्यमबाट चिनिएका हेमराज र थापाले आफ्नो विवाहमा गाउँमैत्री अक्षयकोष ९जिमाक० खडा गर्ने निर्णय गरे ।
त्यही १० हजारको अक्षयकोषलाई गण्डकी सरकारले पछिल्ला तीन वर्षमा एक करोड ३० लाख बजेट दिएको छ । यो बजेट थापा सांसद भएपछि मात्रै सरकारले छुट्याएको हो ।यो कोषको संरक्षकमा स्वयम् थापा दम्पती नै छन् । सांसद थापा कोषको संरक्षक हुन् भने उनका पति आश्रम चाहिँ अध्यक्ष ।
कोषको संरक्षक रहँदा नै सांसद थापाले पछिल्ला तीन आर्थिक वर्ष २०७७र०७८, चालु आर्थिक वर्ष २०७८र०७९ र आगामी आर्थिक वर्ष २०७८र०७९ मा गरि कुल एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएकी हुन् ।पहिलो आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएपछि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ अक्षयकोषलाई विनियोजन भयो ।
आगामी आर्थिक वर्षमा चाहिँ दुई भिन्नभिन्न शिर्षकमा ६० लाख र १० लाख गरि कुल ७० लाख रुपैयाँ अक्षयकोषको नाममा विनियोजन भएको छ ।आफ्ना बाबा आमाको नाममा स्मृति भवन तथा पार्क निर्माण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले करोडौँ बजेट बिनियोजन गरेपछि चौतर्फी बिरोध भईरहदा सांसद थापाले पनि आफ्नो विवाहमा स्थापना गरेको अक्षय कोषलाई रु. एक करोड माग गरी प्रदेश सरकारले बजेट छुट्टाए पछि चौतफी बिरोध भएको छ । एमाले निकट अनेरास्वव्यु र युवा संघले चर्को बिरोध गर्दै कता गयौँ प्यारी, एक करोड सिहारी भन्दै व्यांग्य गरेका छन् ।