गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गण्डकी प्रदेशले आन्दोलन जारी राखेको छ ।मंगलबार हुने प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री पोखरेललाई प्रदेशसभा गेटअघि नदीपुरस्थित बाटो रोकेपछि मुख्यमन्त्री कार्यालयमा नै रहेको उनका प्रेस संयोजक भरतप्रसाद कोइरालाले बताए ।
११ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको थियो । आन्दोलनका कारण मुख्यमन्त्री कार्यालयबाट निस्किएका छैनन् । बाबु–आमाको नाम खोलिएको ट्रस्टमा बजेट छुट्याएको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । सोमबारदेखि मुख्यमन्त्री र शिक्षामन्त्री मेखलाल श्रेष्ठको अनुहारमा मुकुण्डो लगाएर १ दान रुपैयाँ संकलन अभियान पनि चलाएको छ । उक्त अभियानमा संकलित रकम प्रदेश सरकारको खातामा जम्मा गरिने अनेरास्ववियूका प्रदेश सचिव आरके पोखरेलले बताए ।