राज्यकोष बाट बुबा आमाको नाममा बजेट छुट्टाएपछि अनेरास्ववीयुले गर्‍यो मुख्यमन्त्री र मन्त्रीलाई रु १ दान संकलन अभियान

राज्यकोष बाट बुबा आमाको नाममा बजेट छुट्टाएपछि अनेरास्ववीयुले गर्‍यो मुख्यमन्त्री र मन्त्रीलाई रु १ दान संकलन अभियान

  • Kanchan News

  • सोमवार, असार २७, २०७९

  • 96
    SHARES
राज्यकोष बाट बुबा आमाको नाममा बजेट छुट्टाएपछि अनेरास्ववीयुले गर्‍यो मुख्यमन्त्री र मन्त्रीलाई रु १ दान संकलन अभियान

गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा गरेको बजेट हटाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मुख्यमन्त्री र मन्त्रीको परिवारलाई रु एक रुपैयाँ दान संकलन अभियान गरेको छ । बजेटमा जोडिएका मुख्यमन्त्री, मन्त्री तथा नेताको तस्विर आफ्नो अनुहारमा टाँसेर सोमबार पोखरा रत्नचोकमा उनीहरुले आन्दोलन गरेका हुन् ।

राज्यको सम्पत्ति फिर्ता गर, बाबुआमाको नाममा लगाइएको रकम फिर्ता गर, गण्डकी प्रदेश गरिब हो , राज्यको धुकुटी फिर्ता गर जस्ता नारासहित मुख्यमन्त्री, मन्त्रीको राजिनामा माग गरेका छन् ।

गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रममा बजेट छुट्टाइएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News