
कर्पाेरेट व्यवसायीहरु दोहोरो करको चरम मर्कामा परेका छन् । एउटै बस्तुमा दोहोरो कर लगाउन नपाएता पनि अनाधिकृत विज्ञापन एजेन्सीको हावीले कर्पाेरेट व्यवसायीहरु दोहोरो करको चरम मर्कामा परेका हुन ।
निश्चित रकम तथा कर तिरी स्थानिय तहले सार्वजनिक जग्गामा व्यवसायीहरुको लाईट विज्ञापन गर्न अनुमती दिएता पनि कर्पाेरेट व्यवसायीहरुले अन्यत्र पनि कर बुझाउनु परेको भन्दै चिन्तित बनेका छन् । कर्पाेरेट व्यवसायीहरुले बजार क्षेत्रका चोक तथा सडक छेउमा लाईट विज्ञापन राख्न सम्बन्धित पालिकाहरु सँग सम्झौता गरि निश्चित कर तिर्ने गर्दछन । तर अन्य विज्ञापन एजेन्सीहरुले समेत आफुहरु बिच सम्झौता चएको भन्दै कर्पाेरेट व्यवसायीहरुलाई कर तिर्न बाध्य पारेका छन् । सम्बन्धित स्थानिय तहले आफुलाई कर तिरेपछि सडक छेउ वा चोकमा लाईट विज्ञापन राख्न अनुमति दिएको हुन्छ । उक्त पालिकालाई कर बुझाएपछि विज्ञापन गर्न ती संस्थाहरुले होर्डिङ बोर्ड राख्न पाउछन् । तर विज्ञापन एजेन्सीले समेत आफ्नो दाबी गर्दा कर्पाेरेट व्यवसायीहरु दोहोरो करको चरम मर्कामा परेका हुन् । “कर लिने अधिकार सम्बन्धित पालिकालाई बाहेक अरुलाई हुदैन, कर्पाेरेट व्यवसायी हरिराम पाण्डेले भन्े, हामी पालिकालाई कर तिरेर विज्ञापान गरेका छौँ ,तर हामीलाई असार मसान्त भित्र कर तिर्नु भन्दै विज्ञापन एजेन्सी बाट पत्र आउछ, त्यो शोभनिय देखिदैन, हामी चिन्तित छौँ । स्थानिय तहलाई कर तिरेर आफ्नो विज्ञापन गरेता पनि अनाधिकृत विज्ञापन एजेन्सीले आफुलाई कर नतिरे सम्बन्धीत संघ संस्थाहरुका विज्ञापनका लागि राखेका सबै होर्डिङ बोर्ड हटाईदिने धम्की दिएको कर्पोरेट व्यवसायीहरुको गुनासो छ । यो बिषयमा स्थानिय तह भने मौन देखिएका छन् ।
बिशेष गरि बजार क्षेत्रमा सम्बन्धित पालिकाले कुन ठाउँमा, कुन आकारको र कुन प्रविधिको होर्डिङ बोर्ड राख्ने वा लाईट विज्ञापन गर्ने भनेर निर्धारण गरेर शहरको सौन्दर्य नबिग्रने गरी होर्डिङ बोर्ड राख्न मिल्ने ठाउँहरुमा बोलपत्र आह्वान गरेर ठेक्का लगाउने गर्दछ । सबैभन्दा बढी रकम कबोल गर्नेले एक वर्षसम्म तोएिको स्थानमा मात्रै लाईट विज्ञान राख्न पाउने अनुमति दिन्छ । सोही अनुमतिका आधारमा कर्पाेरेट व्यवसायीहरुले आफ्नो विज्ञापन गर्न होर्डिङ बोर्ड राख्ने गर्दछन । पालिका लाई कर तिरेपछि अन्यत्र भने तिर्नु पर्दैन तर विज्ञापन एजेन्सीले कर तिर्न भन्दै दबाब बढाउदा उनीहरु मर्कामा परेका हुन ।