पोखरामा चिनियाँको अवैध गतिविधि

पोखरामा चिनियाँको अवैध गतिविधि

  • Kanchan News

  • शुक्रबार, असार १७, २०७९

  • 70
    SHARES
पोखरामा चिनियाँको अवैध गतिविधि

पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो

नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार उनीहरुले एकजना व्यक्तिको पूरै घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।हाललाई प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन चिनियाँ र अर्का नेपाली नागरिक छन् । ‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन्’ तिवारीले भने, ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ, जसको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् । ‘त्यो रकमको स्रोतबारे पनि अनुसन्धान हुन्छ’ तिवारी भन्छन् । कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको प्रहरीको आशंका छ । नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News