मन्त्रालय छोड्नुपर्दा रामकुमारीको गहभरि आँशु,यस्ता छन् झाँक्रीका उपलब्धी

मन्त्रालय छोड्नुपर्दा रामकुमारीको गहभरि आँशु,यस्ता छन् झाँक्रीका उपलब्धी

  • Kanchan News

  • आइतवार, असार १२, २०७९

  • 62
    SHARES
मन्त्रालय छोड्नुपर्दा रामकुमारीको गहभरि आँशु,यस्ता छन् झाँक्रीका उपलब्धी

शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुन बनिन् । उनको आँखा आँसुले टिलपिल भएको थियो ।

 

मन्त्री झाँक्रीका तर्फबाट मन्त्रालयका एक अधिकारीले उपलब्धी सुनाउने क्रममा राष्ट्रिय शहरी नीतिसम्बन्धी अन्तिम मस्यौदा तयार भएको र पारित हुने अवस्थामा रहेको बताए।

उनले झाँक्रीको कार्यकालमा फोहोरको टेक्नोलोजी र इन्भेस्ट ल्याएको बताए। यसमा अब दीर्घकालीन रुपमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी नुवाकोटको बन्चरेडाँडामा फोहोर फाल्न सुरु हुनुलाई ठूलो सफलताका रुपमा प्रस्तुत गरे। त्यसैगरी बन्चरेडाँडामा फोहोर समन्वय गर्न जिम्मेवारी पाउनु पनि अर्को ठूलो सफलता भएको उनले बताए।

झाँक्रीको कार्यकालमा जनता आवास, अधिकारसम्पन्न बागमती सभ्यतामा घरटहरा हटाउनेदेखि वातावरणीय सुधारको प्रयास गरेको उनले उल्लेख गरे। पुनर्निर्माणको काम गरेको र धरहरा पुनर्निर्माण हुन २५ प्रतिशत बाँकी रहेको उनले जानकारी गराए।

७/८ वर्ष लागेको शहरी विकाससम्बन्धी काम झाँक्रीको पालामा ८ महिनामै भएको उनले बताए।

उनले मन्त्री झाँक्रीलाई सम्बोधन गर्दै भने, ‘यत्तिको एक्सेस भएको मन्त्री पाउन गाह्रो छ। उहाँको कार्यकालमा राम्रो व्यवस्थापन भएको छ।’ कर्मचारीले प्रशंसा गर्दा झाँक्री भावुक बनेकी थिइन्।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News