एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्नुलाई स्वभाविक मान्न नसकिने भन्दै नेपाललाई पत्र

एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्नुलाई स्वभाविक मान्न नसकिने भन्दै नेपाललाई पत्र

  • Kanchan News

  • शुक्रबार, असार १०, २०७९

  • 70
    SHARES
एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्नुलाई स्वभाविक मान्न नसकिने भन्दै नेपाललाई पत्र

नेकपा एकीकृत समाजवादीका सरकारमा सहभागी भएका चार मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् ।

अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाइएकाे पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका हुन् । साेही पत्रमा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।

उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको आरोप पनि लगाएका छन् । बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने पनि अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा भनिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News