प्रधानसेनापतिले भने नेपाल सैन्य गठबन्धनमा सहभागी हुँदैन

प्रधानसेनापतिले भने नेपाल सैन्य गठबन्धनमा सहभागी हुँदैन

  • Kanchan News

  • शुक्रबार, असार ३, २०७९

  • 70
    SHARES
प्रधानसेनापतिले भने नेपाल सैन्य गठबन्धनमा सहभागी हुँदैन

प्रधानसेनापति प्रभुराम शर्माले कुनै पनि सैन्य गठबन्धनमा सहभागि नहुने बताएका छन्। शुक्रबार बिहान प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानसेनापति शर्माले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रम सेनालाई मान्य नभएको बताएका हुन्। उनले सैन्य गठबन्धन नहुने भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको समेत स्पष्ट पारे।

‘एसपीपी हाम्रो लागि मान्य छैन, मानवीय सहयोगका लागि भनेर आएकोले पत्राचार भएको हो।’उनले भने, ‘सैन्य गठबन्धनका लागि लेखिएको होइन। नेपाल सैन्य गठबन्धन जाँदैन भनेर अमेरिकालाई भनिसकिएको छ। ’

उनले नेपाली सेनाले जनतामाथि खेलवाड नगर्ने बताए। उनले सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री र रक्षा मन्त्रीको स्वीकृति लिएर मात्र पत्र लेखिएको जानकारी गराए।  उनले भने, ‘बाहिर सार्वजनिक भएको सम्झौताको कागजात सरकारी होइन। ’

शर्माले एपीपी कार्यक्रम ४ वटा सैनिक जहाज ल्याएको जानकारी गराए। उनले भने, ‘एपीपी कार्यक्रम अन्तर्गत ४ वटा सैनिक जहाज ल्याएको हो। एपीपीमार्फत हतियारहरु पैसा, गोली केहि आएको छैन।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News