पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी-मुग्लिन सडक खण्डमा साना सवारी साधान एकतर्फी रुपमा चल्न थालेका छन् । सडक विभागको डोजरले भित्तातर्फको भाग काटेर साना सवारी पास हुने व्यवस्था गरेको हो ।
तर, ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । सडक विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।