झलनाथ खनालले भने प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याएको होइन

झलनाथ खनालले भने प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याएको होइन

  • Kanchan News

  • बुधबार, जेष्ठ २५, २०७९

  • 86
    SHARES
झलनाथ खनालले भने प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याएको होइन

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताउनुभएको हो ।

उहाँले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुंगोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News