
नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पूर्वसहमती अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो ।
उहाँले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्नेकुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताउनुभयो ।
उहाँले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पार्नुभयो ।