रासायनिक मल नहुँदा किसान चिन्तित

रासायनिक मल नहुँदा किसान चिन्तित

  • Kanchan News

  • सोमवार, जेष्ठ २३, २०७९

  • 62
    SHARES
रासायनिक मल नहुँदा किसान चिन्तित

धानबाली लगाउने समय सुरु हुनै लाग्दा पनि रासायनिक मलको टुङगो नहुँदा बाँके लगायत देशभरीकै किसानहरू चिन्तित भएका छन् ।

धानको ब्याड राख्ने तरखरमा रहेका किसानहरू ६ महिनादेखि मल नपाउँदा अन्योलमा परेका हुन् । अघिल्लो वर्ष पनि मल अभावका कारण भारतीय बजारबाट मल किन्न बाध्य भएका बाँकेका किसानले यस वर्ष पनि मल किन्न भारत नै जाने सोच बनाएका छन् । तर, भारतीय बजारमा पाइने मल कमसल हुने भएकाले किसानहरू ढुक्कसँग भारतबाट मल किन्न पनि सकिरहेका छैनन् । किसानले गत चैतमा पनि मकैका लागि मल पाएका थिएनन् ।

नेपालगन्जस्थित कृषि सामग्री कम्पनीले धान खेतीका लागि बाँकेमा १२ सय मेट्रिक टन डिएपी मल माग भएपनि एक सय ६५ मेट्रिक टन मात्रै मौज्दात रहेको जनाएको छ । जिल्लामा ३ हजार मेट्रिक टन युरिया मल र ५० मेट्रिक टन पोटासको मलको माग छ । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले तीन सय ३५ मेट्रिक टन डिएपी दिने कोटा निर्धारण गरे पनि अहिलेसम्म दुई सय ८० मेट्रिक टन मात्र नेपालगन्ज आइपुगेको छ ।

थप मल भने कहिले आपूर्ति हुन्छ भन्ने कुनै टुङ्गो छैन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News