जिसस कास्कीमा एमालेको प्यानलै विजयी

जिसस कास्कीमा एमालेको प्यानलै विजयी

  • Kanchan News

  • शनिबार, जेष्ठ २१, २०७९

  • 75
    SHARES
जिसस कास्कीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । प्रमुखमा लीलाधर पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत विजयी भएका हुन् । पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाँउ पालिका वडा नम्बर १२ बाट निर्बाचित सदस्य हुन् ।

उप प्रमुखमा माओवादीकी उषा थापालाई पराजीत गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन् । थापा रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् ।

सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ति र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै, सुकमाया नेपाली चुनिएका छन् ।

कांग्रेसबाट जिससको खुला सदस्यमा मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा ४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News