थापाले भने बजेट पश्चिमबाट आयो, पश्चिमतिरै सकियो, कोसीपारि देख्दै देखेन

थापाले भने बजेट पश्चिमबाट आयो, पश्चिमतिरै सकियो, कोसीपारि देख्दै देखेन

  • Kanchan News

  • बिहिबार, जेष्ठ १९, २०७९

  • 86
    SHARES
थापाले भने बजेट पश्चिमबाट आयो, पश्चिमतिरै सकियो, कोसीपारि देख्दै देखेन

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले सरकारको आगामी वर्षको बजेटमा राम्रा योजना हुँदाहुँदै पनि प्रश्न उठ्ने ठाउँ रहेको बताएका छन् । थापाले बजेटले वैदेशिक व्यापार घाटा घटाउन र कृषि प्रवर्द्धन गर्नका लागि राम्रा योजना ल्याएको भए पनि पारदर्शिकता सन्दर्भमा प्रश्न उठ्ने बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले भने, ‘पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्‍यौं- यो बजेटको नारा ‘समृद्ध झापा, सुखी झापाली हो’ । यसपटक मानिसहरूको भनाइ के छ भने- पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो । यसले कोसीपारि देख्दै देखेन ।’ बजेटले योजनाहरु ठूला नेताका निर्वाचन क्षेत्रमा खन्याएको र अरु क्षेत्रमा बजेट जानु भनेको ‘भाग्यचिठ्ठा’ परेजस्तो हुने गरेको उनको टिप्पणी थियो ।

थापाले सरकारका मन्त्री र दलका शक्तिशालीहरूको निर्वाचन क्षेत्रमा बजेट खन्याएको होइन भनेर कसरी भन्न सक्ने हो ? भनेर पनि प्रश्न गरेका छन् । उनले विद्युतीय सवारीमा लगाइएको करबारे पनि प्रश्न गरेका थिए । त्यो कर लगाउनका लागि ऊर्जा मन्त्रालयले भनेको हो कि अर्थमन्त्री आफैले कर लगाएको हो भनेर प्रश्न गरेका छन् । ‘ऊर्जा मन्त्रालयले योभन्दा बढीको, महँगो गाडीहरूलाई यसरी कर लगाउनुपर्छ भनेर मागेको हो वा अर्थ मन्त्रालयले गरेको हो ?,’

काठमाडौंबाट चितवन १ घण्टामा पुग्न फास्ट ट्र्याक निर्माणको योजना कसरी परेको हो भनेर पनि थापाले प्रश्न गरेका थिए । भौतिक योजना तथा यातायात मन्त्रालयका कर्मचारीले उक्त योजनाबारे आफूहरूलाई थाहा नभएको भन्ने जवाफ दिएको भन्दै थापाले सोधे, ‘चितवन जाने फास्ट ट्र्याकका बारेमा यातायात मन्त्रालयका कसैलाई थाहै छैन । लगानी बोर्डले पैसा जुटाए पनि योजना त भौतिक पूर्वाधार मन्त्रालयबाट सुरु हुने होला । मन्त्रालयहरूले ल्याएको कार्यक्रम समायोजन गर्ने हो कि अर्थ मन्त्रालयले कतिपय सन्दर्भमा त्यसका आधारभूत कुराहरूलाई बदल्ने हो ?’

बजेटले कृषिमा राम्रा योजना ल्याएको थापाको भनाइ थियो । उनले अब कृषि मन्त्रालयको संस्थागत सुधारमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News