
स्थानीय तहको निर्वाचन अन्तर्गत कार्यपालिका सदस्यहरुको लागि भएको निर्वाचनमा नेकपा एमालेले थप ३ पालिकामा कार्यपालिका सदस्यहरुले जितेका छन् । निर्वाचन अधिकतृको कार्यालयलले दिएको जानकारी अनुसार पैयू गाउँपालिकामा एमालेका महिला तर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी विक र मिठू क्षेत्री निर्वाचित भएका छन् । यसैगरी दलित तथा अल्पसंख्यक तर्फ फुलमाया विकस र बविता हितांग निर्वाचित भएका छन् ।
उनीहरु सवैले गाउँ सभा सदस्यहरुको अत्याधिक मत प्राप्त गरेका थिए । गाउँ सभामा एमालेको बहुमत भएका कारण उनीहरु निर्वाचित भएका हुन् ।
यसैगरी विहादी गाउँपालिकामा महिला तर्फ यमकला नेपाली, कमला कुमारी परियार, सविता गुरुङ र विष्णु भुषाल निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक तर्फ भने माया विक तुलसी सुनार निर्वाचित भएका छन् । विहादी गाउँपालिकाको कार्यपालिकामा पनि एमालेको स्पष्ट बहुमत पुगेको छ ।
जिल्लाको जलजला गाउँपालिकामा महिला तर्फ एमालेका बबि सुवेदी, सुनिता खत्री, माया कुमारी भुषाल र बिमला बरुवाल केसी निर्वाचित भएका छन् । दलित तथा अल्पसंखयक तर्फ भिमबहादुर दमाई र भिमसेन बहादुर विक निर्वाचित भएका छन् ।
योसगै एमालेले पैयू, विहादी र जलजला ३ वटै पालिकाहरुको कार्यपालिकामा बहुमत प्राप्त गरेको छ ।
यस अघि महाशिला र मोदी गाउँपालिकामा एमालेका उमेदवारहरु सर्वसहमत निर्वाचित भएका थिए । जिल्लाका ७ पालिका मध्ये फलेवास र कुश्मा नगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचत आज हुँदैछ ।