कालीगण्डकीमा सेनाको अभ्यास

कालीगण्डकीमा सेनाको अभ्यास

  • Kanchan News

  • बुधबार, जेष्ठ १८, २०७९

  • 69
    SHARES
कालीगण्डकीमा सेनाको अभ्यास

नेपाली सेनाले दैबिप्रकोप उद्दारका लागि कालीगण्डकी नदीमा नमूना घटना अभ्यास गरेको छ ।

सेनाको श्रीमेहर गणमार्फत कालीगण्डकी नदीमा बाढीले बगाएका व्यक्तिको उद्दार सम्बन्धी अभ्यास गरिएको हो । मंगलवार गण्डकी प्रदेशका मन्त्री दोबाटे बिकले अभ्यासको उद्घाटन गरे । उक्त अबसरमा बिकले जनताको जीउधनको रक्षा गर्ने काम राज्यको भएको बताए । उनले राज्यको सुरक्षा निकायले गर्ने कामले जनताको रक्षा गर्नुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा सैनिक जवानहरुले नदीमा बगेका व्यक्तिलाई उद्दार गर्ने अभ्यास गरेका थिए । उक्त अबसरमा नेपाली सेनाका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी समेतको सहभागिता थियो । यस्ता खालका घटना अभ्यासले दुर्घटनाबाट बच्ने उपायाको खोजी हुने प्रजिअ ढकालले बताए । भैपरी आउने घटनामा तत्काल सुरक्षा निकायमा खबर गर्नपनि उनले सुझाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News