सरकाले आगामी आर्थीक बर्ष २०७९ /८० को बजेट सार्वजनिक गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थीक बर्ष २०७९/ ०८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट पेश गर्नुभएको हो । विसं. २०७२ सालमा बनेको संविधानले जेठ १५ गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
यसमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ५० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८०० अर्ब ३८ करोड अर्थात २१ प्रतिशत बजेट विनियोजन भएको छ । यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहका लागि ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत छ ।
विनियोजन बजेटको स्रोतमा राजश्वतर्फबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड र ४ खर्ब ९८ अर्ब रुपैयाँ अपुग हुने छ । जसमध्ये वैदेशिक ऋणमार्फत २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने छ । यस्तै, ऋण सहायता परिचालन गर्दा नपुग २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाइनेछ ।
यस्तो बजेट https://drive.google.com/file/d/1yzBxCmgCTL354ilsrnh-sxiWVnSx7IrU/view?usp=drivesdk